सूर्या लाइफ इन्स्योरेन्सको १३.३६८४ प्रतिशत लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्सको १३.३६८४ प्रतिशत लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १४, २०७८

सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्युरेन्सको १३ कात्तिकमा बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । शेयरधनीलनई बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ ।