महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर घोषणा

महुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १४, २०७८

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । घुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात् ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर प्रस्ताव गरेको हो ।

हाल चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।