शेयर बजार ५५.५० अंकले बढ्यो

शेयर बजार ५५.५० अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १४, २०७८

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५.५० अंकले बढेर २ हजार ८३७.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

कारोबार रकम पनि बढेको छ । नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत् कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।          

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि ६ प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

बैंकिङ समूहको सूचकमा ०.१६ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन् । त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ता छन् । यस कम्पनीको शेयर मूल्यमा ६.५० प्रतिशतले गिरावट आएको छ ।