शेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम ७ अर्ब माथि

शेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम ७ अर्ब माथि

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १५, २०७८

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक १७.७५ अंकले घटेर २ हजार ८१९.८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२२६ वटा कम्पनीले १३ करोड ४ लाख ३ हजार ३१२ कित्ता शेयर खरिद-बिक्री गर्दा कुल ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ । साेमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । यस बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ । 

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहका सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको शेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

त्यस्तै, साेमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेवा विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको शेयर मूल्यमा ६.७२ प्रतिशतको गिरावट आएको छ ।