स्टार हस्पिटल : बहुप्रतिक्षित् ‘स्टार जिआई सेन्टर’ सञ्चालनमा

स्टार हस्पिटल : बहुप्रतिक्षित् ‘स्टार जिआई सेन्टर’ सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १५, २०७८

ललितपुर । ललितपुरस्थित स्टार हस्पिटलमा विशिष्ट श्रेणीको अत्याधुनिक ‘स्टार जिआई सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

स्टार हस्पिटलमा नेपाली संस्कृति र परम्पराअनुसार पूजा आराधना गरेर हस्पिटलका कार्यकारी अध्यक्ष किशोर महर्जनले सेन्टरको २०७८ कार्तिक १५ गते सोमबार उद्घाटन गर्नुभएको हो ।

सेन्टरमा विश्वमा भर्खर लञ्ज भएका ओलम्पस, पेन्टाक्स कम्पनिका अत्याधुनिक उपकरणहरु सहित स्टार  हस्पिटलको पाचाँ तलामा १० हजार स्कायर फिटमा सञ्चालनमा ल्याइएको सेन्टरको वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरेलोजिष्ट डा. दिपेशलाल गुर्वाचार्यले नेतृत्व रहने हस्पिटलले जानकारी दिएकाे छ ।  सहुलियत दरमा सेवा उपलब्ध गराइने  समेत अस्पतालका अध्यक्ष किशोर महर्जनले जानकारी गराउनुभएकाे थियो  ।

अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन डा.शैल रुपाखेतिका अनुसार स्टारमा ठूलो ग्याँस्ट्रोसेन्टर बनाउने प्रा.डा.आईएल आचार्यको पहिल्यैदेखिको कल्पना थियो । उहाँको कोभिडका कारण केही समयअघि निधन भयो । उहाँको सपना साकार पार्दै स्टारमा नेपालको ठूलो ग्याँस्ट्रो सेन्टर जहाँ सबै सुविधा एकै ठाउँबाट उपलब्ध हुने गरी सेवा सञ्चालनमा ल्याएका  हो ।

नेपालमा उपलब्ध ख्यातिप्राप्त ग्याँष्ट्रोइन्टेरोलोजिष्ट र ग्याँष्ट्रोइन्टेरोलोजी सर्जनहरुको सहकार्यमा सो सेन्टर शुरु गरिएकाे अस्पताले जानकारी दिएकाे छ । अस्पतालका अनुसार  वरिष्ठ कन्सल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. दिनेश श्रेष्ठ,  सिनियर कन्ल्यान्ट ग्याँष्ट्रोइन्टेरोलोजिष्ट डा. रमिला श्रेष्ठ, डा. सृजन प्रधान, डा. अमित जोशी, पेडियाट्रिक ग्याँस्ट्रोइन्टेरोलोजिष्ट डा. सत्यम रिमाल, डा. विनिता गुर्वाचार्यले सेवा दिनु हुनेछ ।  अस्पतालकाे सर्जरी टिममा भने  वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल सर्जन,  हेड एण्ड प्रिन्सिपल कन्सल्टेन्ट प्रा. डा. सुनिलकुमार शर्मा, वरिष्ठ ग्याँष्ट्रोइन्टेस्टाइनल एण्ड जनरल सर्जन डा. प्रनिल राई, कोलोरेक्टल सर्जन डा. सत्यदिप भट्टचार्य, डा. सुनिल श्रेष्ठलगायतका टिमले सेवा शुरु गर्नुभएको छ ।