सुन-चाँदीको मूल्य बढ्यो, यस्ताे छ बजार भाउ

सुन-चाँदीको मूल्य बढ्यो, यस्ताे छ बजार भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७८

तिहार सकिएलगत्तै बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै उकालो लागेको छ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वात्तै बढेको हाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकामा साेमबार एकैै पटक एक हजार ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबारयता तिहारकाे सार्वजनिक बिदापछि साेमबार पहिलाे पटक सुन-चाँदीकाे मूल्य ताेकिएकाे हाे । 

साेमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । साेमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । गत बिहीबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।