१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने !

१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २८, २०७६

काठमाडौं । देशकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धीत निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले काम गर्न नसक्नुको कारण समेत माग गरेका छन् ।

हिजो शुक्रबार कामपा मुख्यालयमा बैठक बोलाएर सचिव न्यौपानेले १५ दिनभित्र राजधानीलाई सुन्दर देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो । करिब डेढ दर्जन निकायका अधिकारीलाई चालु आर्थिक वर्षको बजेटको परिधिभित्र रहेर तत्काल काम गर्न कडा निर्देशन दिनुभएको हो । निर्देशन दिने क्रममा उहाले भन्नुभयो– अब तपाईहरुले नीति बनाउने होइन, अहिलेको अवस्थामा योजना र अनुसन्धान गर्नु आवश्यक छैन १५ दिनभित्र काम गरेर देखाउनुस ।

काम गर्न आनाकानी गरिरहेका अधिकारी प्रति लक्षित गदै प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल महानगरपालिका क्षेत्रलाई सुन्दर बनाउन काम गर्न निर्देशन दिनुभयो । आजको नेपाल समाचारपत्रले याे समाचार प्रकाशित गरेको छ ।