रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एकआपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको शेयर कारोबार रोक्का गरिएको हो । 

यी २ कम्पनीले १७ कात्तिकमा एकआपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।