डिशहोमको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना : स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

डिशहोमको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना : स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७८

डिशहोमले यो बर्षको पर्वमा ल्याएको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । 

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका धुर्व कार्की-CasID 2549606982_र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई -CasID 02564177952_छानिएका हुन् ।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

यो 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना अझैपनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध हुने डिशहोम जनाएको  छ ।