दोहोरो अंकले ओरालो लाग्यो नेप्से

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २२, २०७८

तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९.२० अंकले घटेर २ हजार ८२९.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

यस्तै, नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका ३ वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् । आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । यस बैंकले ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।             

नेप्सेका अनुसार आज फाइनान्स, म्युचुअल फण्ड र लगानी समूहका सूचकबाहेक सबै समूहका सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये ५ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, आईसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यी सबै कम्पनीको शेयर मूल्य ९ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।

आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस फाइनान्सको शेयर मूल्य झण्डै ८ प्रतिशतले घटेको छ ।