मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डा

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य एजेण्डा

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २३, २०७८

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निश्कासन गर्ने एजेन्डा पेस हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेलगायतको प्रस्ताव छन् ।