बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका ३ महिला पक्राउ

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका ३ महिला पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । 

सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका ३ जना महिला पक्राउ परेका छन् । 

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित ३ जना महिलालाई बार कार्यालयको गेट अगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । 

मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।