ओरालोमा नेप्से, ७९.७९ अंकको गिरावट

ओरालोमा नेप्से, ७९.७९ अंकको गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २३, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९.७९ अंकले घटेर २ हजार ७४९.८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

नेप्सेमा कारोबारमा आएका २२५ वटा कम्पनीले ११ करोड ९१ लाख ७ हजार ७७ कित्ता शेयर खरिद-बिक्री गर्दा ६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक छ । यस बैंकको मंगलबार २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । मंगलबार सबै समूहको सूचकमा एकदेखि ५ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । कारोबार भएका कम्पनीमध्ये ३ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ ।  शेयर मूल्य उच्च वृद्धि हुनेमा साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको शेयर मूल्य म‌ंगलबाट सर्किट लेभलमा पुगेको छ ।

 आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नोक्सान व्यहोरेका छन् ।  यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ ।