सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २४, २०७८

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकामा बुधबार ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्य स्थिर भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २५० पैसा कायम भएको महसंघले जनाएको छ ।