नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौता

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २५, २०७८

काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको  बैंक जनाएको  छ ।

नबिल बैंक संस्थागत संचार बिभाग आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी यस बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (CEAPRED)द्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण बृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको र सोही अनुसार बैक र सहज बिच परियोजना तयार गरिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको सम्बन्धमा बोबारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउनुभयो । त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताउनुभयो । 

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो । यस सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी÷व्यवसायीह?को वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने यस नविन कार्यमा सहज सँग साझेदारी गर्न पाउदा नबिल बैंक गौरवान्भित छ । साथै, बैंकको दिर्घकालीन लक्ष्य 'समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा' प्राप्तिलाई सहज सँगको यस साझेदारीले थप उचाईमा पुर्‍याउनेमा बैंक विस्वस्त छ ।

देशभर रहेका आफ्ना १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्ट∕ र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू सहितको बृहत सन्जाल मार्फत बैंकले निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ । ३७ बर्षको अनुभबका साथ दक्ष जनशक्ति र सुरक्षित बैंकिङ्ग प्रणाली मार्फत बैंकका ग्राहकहरुलाई विस्तारित एवं उच्च स्तरीय सेवा प्रदान गर्ने  लक्ष्य रहेको  बैंकले  जनाएको छ ।