प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७८

शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिचौलियाको नाइके घोषणा गरेको छ । 

बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ । 

धर्ना बिथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने घोषणा गरे । 

प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरूप परिवर्तन गरेको जानकारी दिएलगत्तै उनले नारा लगाए, 'बिचौलियाको नाइके ।' उपस्थित कानुन व्यवसायीले भने, 'राजीनामा दे ।' 'भ्रष्टाचारको नाइके– राजीनामा दे !'