एकीकृत समाजवादीको स्थायी कमिटी आज, केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव अनुमाेदन गरिने

एकीकृत समाजवादीको स्थायी कमिटी आज, केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव अनुमाेदन गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २६, २०७८

काठमाडौं ।सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।

नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्दैछ । आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ ।