वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष छिरे जबरा

वकिललाई छक्याएर प्रधानन्यायाधीशको स्वागतद्वारबाट कार्यकक्ष छिरे जबरा
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २६, २०७८

नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । 

जबरालाई प्रवेश रोक्न मूल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर अर्को गेट प्रयोग गरी उनी कार्यकक्ष प्रवेश गरेका हुन् । बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् । 

मूल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटबाट प्रवेश गरेका हुन् । 

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।