भोजपुर प्रतिभा सम्मान ‘श्याम तमोट’ र पुरस्कार ‘कविता राई’लाई

भोजपुर प्रतिभा सम्मान ‘श्याम तमोट’ र पुरस्कार ‘कविता राई’लाई

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २८, २०७८

 काठमाडौँ ।  भोजपुर प्रतिभा प्रतिष्ठानले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०७८ को लागि संस्थाले नाम छनौट गरेको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव  गीतकार, कवि श्यामतमोटलाई भोजपुर प्रतिभा सम्मान र लेखक कविता राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे  प्रतिष्ठानले जाएको छ । 

प्रतिष्ठानका अनुसार  प्रत्येक दुई बर्षमा प्रदान गरिने सम्मान राशि १० हजार रुपैँया र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशी  ३५ हजार सहित ताम्रपत्र रहेको छ । 

संस्थाले यस अघि साहित्यकार पुर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञान मणी नेपाललाई सम्मान गरि सकेको छ । 

यसैगरी पुरस्कृत हुनु हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लक ढकाल, कवि विमल गीरी, धावीका मीरा राई, कवि तथा समालोचक पुर्ण ईन्फादा, गायक भिषण मुकारुङलाई प्रदान गरी सकेको छ । 

एक कार्यक्रमको आयोजना गरी सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी संस्थाका अध्यक्ष दया कृष्ण राईले दिनु भएको छ ।