सर्वोच्चबाट हट्यो प्रहरी, कानुन व्यवसायी प्रवेश

सर्वोच्चबाट हट्यो प्रहरी, कानुन व्यवसायी प्रवेश

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २८, २०७८

कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ । 

शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बाेधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् । 

कानुन व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा भने अदालत प्रवेश गरेका छैनन् । उनले निवासबाटै आज (आइतबार)का लागि मुद्दाको पेसी तोकेका छन् । 

धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताए । उनीहरूले शुक्रबार भएको प्रहरी दमनको चर्को निन्दा गरेका छन् ।