वैकल्पिक बाटोबाट सर्वोच्च छिरे जबरा

वैकल्पिक बाटोबाट सर्वोच्च छिरे जबरा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २८, २०७८

राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन् । 

कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मूल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका २ वटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन् । 

अदालत छिर्न सर्वोच्च अदालतअघि २ वटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरबारभित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ । 

जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टिको गेटबाट अदालत प्रवेश गरेका हुन् । यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए ।