रोल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

रोल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  कार्तिक २८, २०७८

रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा २ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन । 

६ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका ३ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । २ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

माडी गाउँपालिका- ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुवाहक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।