नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २८, २०७८

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २ हजार ६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । यस बैंकले २७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये ४ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ८२५ रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४३९.४० रुपैयाँ र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।