हिमालय क्षेत्रमा चर्किएको तनाव : चीन तिब्बत केन्द्रित सैन्य अभ्यास र भौतिक संरचनामा

हिमालय क्षेत्रमा चर्किएको तनाव : चीन तिब्बत केन्द्रित सैन्य अभ्यास र भौतिक संरचनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २९, २०७८

पश्चिमा देशले चीनतिर ध्यान दिइरहेका बेला चीनले तिब्बतमाथिको पकड झनै बलियो बनाउँदै लगेको छ । चीनका राष्ट्रपति सी जिनपिङले गत जुलाईमा तिब्बतको भ्रमण गरेका थिए । त्यसलगत्तै चीनले तिब्बतमा सैन्य उपस्थिति र भौतिक संरचनाको निर्माणमा लगानी बढाएको छ ।  चिनियाँ जनमुक्ति सेनाले यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरिरहेकाे छ । 

राष्ट्रपति सीले गत जुलाईमा राष्ट्रपतिका रुपमा तिब्बतको भ्रमण गरेका थिए । पछिल्लो तीन दशकमा कुनै पनि चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको यो पहिलो थियो । यो भ्रमणपछि सेप्टेम्बमा चीनको संघीय सरकारले २०२१–२०२५ को बिचमा यहाँ २६० अर्ब युआन लगानी गर्ने घोषणा गर्‍यो । केही महिनाअघि मात्रै चीनको सबैभन्दा ठूलो वैधानिक संस्था नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को समितिले सीमा क्षेत्रमा सुरक्षा बलियो बनाउनका लागि नयाँ कानुन पारित गरेको थियो ।

भारत–चीनबीच हिमालय क्षेत्रमा चर्किएको तनाबबीच चीनले यो ठूलो कदम चालेको हो । केही समयअघि चीनको सरकारी अखबार ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा चीनले सीमा क्षेत्रमा एक समृद्ध गाउँ विकसित गरिरहेको उल्लेख थियो । लेखमा यी गाउँले सीमा क्षेत्रमा सुरक्षामा सहयोग पुगिरहेको उल्लेख थियो । यो रिपोर्टमा भारत र भुटानसँग जोडिएको तिब्बतको सीमा क्षेत्रमा गाउँको विकासको विवरण उल्लेख थियो । 

भारत र भुटानसँग अझै चीनको सीमा विवाद कायमै छ । सेप्टेम्बरमा नै चीनको सेना पीएलएले तिब्बतमा उचाईमा युद्धको अभ्यास गरेको थियो । ८ नोभेम्बरमा चीनले भारतले लद्दाखमा सैन्य अभ्यास गरेको जवाफमा आफ्नो सेनाले पनि तिब्बतको पश्चिमी पठारमा केही सैन्य अभ्यास गरेको बताएको थियो । यसको अघिल्लो दिन ग्लोबल टाइम्सको रिपोर्टमा चीनले चिसो आउनुअघि नै उच्च क्षेत्रमा रहेका सैनिकलाई राहत दिनका लागि संरचनागत व्यवस्था बलियो बनाएको उल्लेख थियो । 

तिब्बतमा आफ्नो कामलाई संसारका सामु पेश गर्नका लागि चीनको विदेश मन्त्रालयले एक कार्यक्रम गरेको थियो । जसको नाम दिएको थियो–चीनको नयाँ यात्रा : सुखी र नयाँ तिब्बतका लागि विकासको नयाँ अध्याय । 

चीनले शिनजियांग र हङकङका विषमा पश्चिमा देशको आलोचनालाई नजरअन्दाज गरिरहेको छ । यस्तोमा उसले तिब्बतमाथि पकड दरिलो बताएको छ । वांग जुनझेंगलाई तिब्बतको सीपीसीको सचिव बनाउनु यसको स्पष्ट संकट थियो । उनीमाथि अमेरिका, युरोपेली संघ र बेलायतले शिनजियांगमा मानवअधिकार उल्लंघन भइरहेको भन्दै प्रतिबन्ध लगाउँदै आएका छन् ।

यो कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञलाई समेत बोलाइएको थियो । कार्यक्रममा विदेशमन्त्री वांग यीले चिनियाँ कम्युनिस्ट पार्टीको शासनमा तिब्बतको विकासको नयाँ कीर्तिमान कायम भएको बताएका थिए । 

यस्तो किन भइरहेको छ ?

तिब्बतमाथि चीनले पूर्ण रुपमा शासन गरेको ७० वर्ष पुग्न लागेको छ । सीपीसीले २३ मे, १९५१ मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । सीपीसी यस वर्ष यसको उत्सव मनाइरहेको छ । 

यसै क्रममा सी जिनपिङको यात्राको केही दिनपछि चीनका प्रमुख राजनीतिक सल्लाहकार वांग यैंगले एक टोलीका साथ बेइजिङबाट ल्हासाको भ्रमण गरेका थिए । सो क्रममा उनले तिब्बतको विषयलाई लिएर औला उठाउने अधिकार संसारका कुनै पनि देशलाई नभएको चेतावनी दिएका थिए । उनले यस क्षेत्रमा चिनियाँ भाषा सिकाउन जोड गर्नुपर्ने पनि बताएका थिए । चीनले तिब्बतमाथि यस्तो समयमा नियन्त्रण बलियो बनाइरहेको छ, जतिबेला भारतसँग तनाव चुलिएको छ भने अन्य पश्चिमा देश पनि यस क्षेत्रलाई नजिकबाट नियालिरहेका छन् । 

मेमा अमेरिकाले पहिलो पटक भारतको धर्मशालाबाट सञ्चालित तिब्बतको निर्वासित सरकारका लागि भएको निर्वाचनलाई मान्यता दिएका थियो । जुनमा अमेरिका र युरोपेली संघले तिब्बतमा मानवअघिकार उल्लंघन भएको भन्दै एक साझा प्रस्ताव पारित गरेका थिए । जसको चीनले कडा आलोचना गरेको थियो । 

जुलाईमा अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिङ्कनले दिल्ली भ्रमणका क्रममा तिब्बतका धार्मिक नेता दलाई लामासँग भेट गरेका थिए । दलाई लामा १९५९ मा आफ्ना अनुयायीका साथ तिब्बतबाट भागेर भारत पुगेका थिए । चीनले उनलाई एक पृथकतावादीका रुपमा व्यवहार गर्दै आएको छ । 

मिडियाको सन्देशमा परिवर्तन

चीनका मिडियाले तिब्बतका लागि अंग्रेजी शब्द तिब्बतका प्रयोगको सट्टा पिययिन शब्द शीजांगको प्रयोग गरिरहेका छन् । यसै वर्षको अगस्टपछि तिब्बतका बारेमा रिपोर्टमा शीजांग शब्दको प्रयोग भइरहेको छ । २६ अक्टोबरमा सेन्ट्रल तिब्बतियन एडमिनिस्ट्रेशनको प्रकाशन बिटर विन्टरले एक रिपोर्ट प्रकाशित गरेको थियो । जसमा तिब्बतको नयाँ नाम उल्लेख थियो । 

यस रिपोर्टमा तिब्बतमा सीपीसीको सचिवको पद सम्हालेपछि वांग जुनझेंगले आधिकारिक दस्तावेजमा शीजांग शब्दको प्रयोगमा जोड दिएको थियो ।

अब के होला ?

चीनले शिनजियांग र हङकङका विषमा पश्चिमा देशको आलोचनालाई नजरअन्दाज गरिरहेको छ । यस्तोमा उसले तिब्बतमाथि पकड दरिलो बताएको छ । वांग जुनझेंगलाई तिब्बतको सीपीसीको सचिव बनाउनु यसको स्पष्ट संकट थियो । उनीमाथि अमेरिका, युरोपेली संघ र बेलायतले शिनजियांगमा मानवअधिकार उल्लंघन भइरहेको भन्दै प्रतिबन्ध लगाउँदै आएका छन् ।

चीनको एकेडेमी अफ साइन्सेजमा शोधकर्ता शाई माओसोंगले साउथ चाइना मोर्निङ पोस्टमा प्रकाशित गरेको लेखमा तिब्बतमा पार्टीका पूर्व सचिव वु यिंगजीको बयानलाई उल्लेख गरिएको छ । जसमा उनले चीनले तिब्बतमा बौद्ध धर्ममा चिनियाँ वस्तु सामेल गर्नुपर्ने बताएका थिए । शाईले भने, ‘चीन अब तिब्बत र अन्य जातीय अल्पसंख्यकलाई लिएर ऐतिहासिक दृष्टिकोण बदलेर नयाँ चीनको एतिहासिक दृष्टिकोणलाई स्थापित गर्ने कोशिस गरिरहेको छ । उनले भनेका थिए, ‘यो परिवर्तन पछिल्ला केही वर्षमा नै भएको छ । हामीले पहिले यसलाई अधिक जोड दिएका थिएनौं ।’ पद्यजा वेंकटरमन/बीबीसी