अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, ४ जना पक्राउ

अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, ४ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २९, २०७८

सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । 

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो । 

बार महासचिव लीलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट ४ जना पक्राउ परेका छन् ।