चिलिमेको नाफामा ६.०१ प्रतिशतको गिरावट

चिलिमेको नाफामा ६.०१ प्रतिशतको गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २९, २०७८

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ३ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा ५.४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १०.१७ प्रतिशत घटेको छ । ३ महिनामा कम्पनीले विद्युत् बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

य1 गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत घटी हो । विद्युत् बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नुपरेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ १०.९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।