टोखामा हुने इश्वर पोख्रेलको कार्यक्रम बाहिष्कार गर्ने !

टोखामा हुने इश्वर पोख्रेलको कार्यक्रम बाहिष्कार गर्ने !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २९, २०७८

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकामा राजनीति पुर्वाग्रह राखेर काम गर्न थालेको वडा अध्यक्षले आरोप लागाएका छन् । 
नगरप्रमख अधिकारीले कार्तिक ३० गते राखिएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) बाहेका दललाइ बोलाए पछि समाजवादीका तर्फबाट ९ नम्बर वडाको अध्यक्ष रहेका जेपी नेपालले आपत्ती जनाएका हुन् । उनले मेयरले यस्तै गरे आफूहरुले उनको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । 

नगरपालिकाले कोभिड–१९ नियन्त्रणमा सहयोग पुर्‍याउने र विभिन्न उपभोत्ता समितिमा रहेर काम गरेकालाई सम्मान कार्यक्रम गर्न लागेकोमा सबै दललाई बोलाइए  तर, आफ्नो दललाई नबोलाइएको बारेमा वडा अध्यक्ष नेपालले आपत्ति जनाउदै कार्यक्रम बाहिष्कार गर्न बताए । 

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको प्रमुख आथिथ्यतामा हुन लागेको उक्त कार्यक्रम आफूहरुले बहिष्कार गर्ने उनले बताए । नेपालले  भने, ‘मेयरले आउने निर्वाचनलाई प्रभावित गर्ने गरी यो कार्यक्रम गर्न लागेका हुन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यता दिएको दललाई कार्यक्रममा बोलाइएन । म यहाँको वडा अध्यक्ष मात्रै होइन, पार्टीको प्रतिनिधि पनि हुँ’ । 

कार्यक्रका बारेमा उनीहरुले नगरपालिकाको कार्यकारी अधिकृत प्रकाश आचार्यसँग आफ्नो दललाई किन बोलाइएन भनि जिज्ञासा राख्दा मेयरको आदेश यस्तै छ भन्ने जवाफ दिएको उनले बताए । मेयरले कुनै हालतमा समाजवादीलाई न बोलाउन आफूलाई भनेकोले बोलाइएन भनि अधिकृत आचार्यले भनेको उनको आरोप छ । 

वडा अध्यक्ष नेपाल एकिकृत समाजवादीका टोखा नगरपालिकाका पार्टी प्रमुख समेत हुन् ।