प्रधानन्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

प्रधानन्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३०, २०७८

आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ । 

२ साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वाेच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । 

सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लीलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए । 

इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै उनले आन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए । 

‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि  हो । न्यायका लागि हो । त्यस कारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरुद्वमा नलाग्नुहोस्’, महासचिव पौडेलले भने । 

जबरालाई बहिर्गमन हुन पुनः अनरोध गरेका उनले अन्यथा सडकमा जाने र कार्यसमिति बैठक बसेर थप आन्दोलन कार्यक्रम तय गरिने जानकारी दिए ।