प्रदेश १ को प्रदेशसभा बैठक सुरु, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

प्रदेश १ को प्रदेशसभा बैठक सुरु, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १, २०७८

प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । 

बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।