छिमेक लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा

छिमेक लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २, २०७८

छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो ।