सर्वोच्च फुलकोर्ट बैठक सुरु

सर्वोच्च फुलकोर्ट बैठक सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २, २०७८

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

गोलाप्रथाद्वारा पेसी तोक्ने न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन लागू नगर्ने प्रधानन्यायाधीश जबराको निर्णयको विरोध गर्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलित भएका छन् । प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गरिरहेको छ ।