कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २, २०७८

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । 

३ खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा नेपालले ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जीत निकालेको थियो । 

आईसीसी महिला टी- २० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग ३ खेलको टी- २० शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ । 

विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।