सर्वाेच्च अदालतमा वकिल प्रहरीको घेरामा

सर्वाेच्च अदालतमा वकिल प्रहरीको घेरामा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । 

तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारदेखि ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । 

गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।