प्रचण्डको नजरमा रामदेव: वैज्ञानिक र क्रान्तिकारी व्यक्ति

प्रचण्डको नजरमा रामदेव: वैज्ञानिक र क्रान्तिकारी व्यक्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । 

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टीभी तथा आस्था नेपाल टीभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् । 

‘सुरुसुरुमा रामदेव अलिक बढी रूढीवादी, परंपरावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने । 

रामदेवले आरोग्यबाट निरोगिता र योगमूलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए । 

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।