समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ३, २०७८

समाजवादी प्रेस संगठन नेपालले संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको छ ।

आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका हुन् ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।