'अर्थ '

'अर्थ '

किराति नेल्शन मुकारुङ  |  साहित्य  |  मंसिर ४, २०७८

एक नेपाली युवा, जन्म नेपाली भुमिमा,
पृथिविको एसिया महादेशको भुगोलमा,
जिवनमा घाम-छायाँ  त छँदै छ,
उकालो ओरालो सबैले भोगेकै छ,
तर यि सबै देशको परिस्थिती बाबजुत, 
मानव अस्तित्वले आफै माथी प्रश्‍न गर्दैछरु
अनि जिज्ञासा म भित्र उठन थाल्दछ। 

परिवर्तन मेरो जिवनको र साथ प्रकृतिको,
प्राण-स्वास, शरिर र चेतन बौधिक यन्त्रको,
एक जुनिमा जप्नुपर्ने मन्त्र  अनेक जन्मको,
एक थरी मानवको सुख भौतिक जगतको,
अर्को थरी मानवको सुख आध्यात्मिक जगतको,
खोजी हरे कृष्ण हरे रामको, 
तनाव ट्राफिक जामको। 

मस्तिस्क भित्र अन्तर विचार र बिमर्श चल्दछ,
मन भित्र भावना र हृदयमा ढुक्ढुकी बड्दछ,
जब सत्यलाई झूट्ले अपहेलना गर्दछ
तब, 
मानव निर्मित मायाको कर्म जनजालमा फ़स्दछ,
देखेको सबै सत्य हुँदैन, सत्य अमुर्त बन्दछ,
सत्य मौनताको चक्रमा त्रिकाल बनेर घुम्दछ,
बाकी जय होस या पराजय, हार होस या विजय
अनुभूतिमा चेतना सोयमले दर्शन पाउदछ।
                                       

   
                          -११ कार्तिक २०७८,बिहिवार