प्रेमको परिभाषा

प्रेमको परिभाषा

सुमन थापा ‘सङ्गम’  |  साहित्य  |  मंसिर ४, २०७८

थोरै उनले दुखाए 
अलिक धेरै 
म आफै दुख्न पुगेंछु
उनको सामिप्यतामा 
काँपेको थियो हृदयका भित्ताहरू‍‍...

आँखाको बाटो हुँदै 
मुटुसम्मको यात्रा थियो र त 
कठिन थियो उनलाई भुल्न
उनको आलिङ्गनबाट छुट्टीनु पर्दा
पीडा बोध नभएको होइन

प्रेम-हृदयतस् क्षितिजलाई छुनु पनि त हो
प्रेम-दुखाई भन्दा अझै धेरै दुख्नु पनि त हो
प्रेम-मनले मनलाई गहिराईसम्म डुबाउनु पनि त हो
त्यो गहिराई बुझाउन खोजें उनलाई
तर उनि मुस्कुराई रहे 
सायद यही नै थियो प्रेमको परिभाषा ।