प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कोको बने मन्त्री ?

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कोको बने मन्त्री ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ५, २०७८

२ मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । 

आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग, पर्यटन, वन र यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहसहितको सहभागिता थियो । 

यससँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को गठबन्ध सरकार भएको छ ।