पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको हत्या

पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको हत्या

एजेन्सी  |  विदेश  |  मंसिर ५, २०७८

पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएको सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शव शनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो । 

गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियौँ । बालक कसरी हरायो भन्नेबारेमा पत्तो नै पाएनौँ’, बालकका एक आफन्तको भनाइ उदृत गर्दैै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ । 

११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकमाथि यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो । 

पाकिस्तानमा हिन्दु र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।