डडेल्धुरामा ट्याक्टर दुर्घटना : ७ जना घाइते, एक जनाकाे अवस्था गम्भीर

डडेल्धुरामा ट्याक्टर दुर्घटना : ७ जना घाइते, एक जनाकाे अवस्था गम्भीर

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ५, २०७८

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका- २ आइतबजार नजिक ट्याक्टर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१-००-२त ४९६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए । ‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ । मोडमा ट्याक्टर पल्टिएको हो’, उनले भने । 

घाइते ७ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।