एमाले स्थायी कमिटी बैठक बस्दै, १०० प्रतिनिधि छानिँदै

एमाले स्थायी कमिटी बैठक बस्दै, १०० प्रतिनिधि छानिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ६, २०७८

महाधिवेशनमा होमिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दै छ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदै छ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ । 

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ, जसअनुसार करिब १०० महाधिवेशन प्रतिनिधि मनोनीत हुनेछन् ।