नेपाल टस हारेर ब्याटिङ गर्दै

नेपाल टस हारेर ब्याटिङ गर्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ६, २०७८

आईसीसी महिला टी- २० विश्वकपअन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् । 

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 
६ वटा टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जीत निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जीत निकाल्न चाहन्छ ।