'वैचारिक रुपमा प्रस्ट शंकर पोखरेललाई महासचिवमा सर्वसम्मत गराउन लागिपर्नेछौँ '

'वैचारिक रुपमा प्रस्ट शंकर पोखरेललाई महासचिवमा सर्वसम्मत गराउन लागिपर्नेछौँ '

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  मंसिर ६, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनको राप र ताप बढिरहेको छ अहिले । १०-१२ मंसिरमा नयाँ नेतृत्वका लागि चितवनमा महाधिवेशन हुँदै छ । यही सन्दर्भमा केन्द्रित रहेर नेकपा एमालेका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा पूर्वी रुकुम र बाँकेका इन्चार्जसमेत रहनुभएका खेममान खड्कासँग लोकसंवाद डटकमले गरेको कुराकानीको अंश प्रस्तुत छः

एमालेको १०औँ महाधिवेशनको रन्को कस्तो लागिरहेको छ ?

-    महाधिवेशनको संघारमै छौँ । नयाँ नेतृत्वका लागि १०औँ महाधिवेशन हुँदै छ । नेतृत्व चयनमा चुनौती छँदै छ, मुलुकलाई नयाँ दिशा दिने र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने कुरामा पनि एमाले महाधिवेशनले अर्थ राख्छ । यस कारण एमालेभित्र मात्र नभएर बाहिर अन्य पार्टीमा पनि एमाले महाधिवेशनको तरंग व्यापक छ ।

लुम्बिनी प्रदेशले महाधिवेशनका लागि के कस्तो तयारी गर्दै छ ?

-    केन्द्रीय कमिटीका निर्णयअनुसार काम गरिरहेकै छौँ । केन्द्रीय कमिटीको निर्देशनअनुसार काम गरिरहेका छौँ । महाधिवेशनमा व्यापक जनसहभागिताका लागि लागिपरेका छौँ । केन्द्रीय नेतृत्व पनि स्थानीय र प्रदेशमा जस्तै सर्वसम्मत बनाउने प्रयासमा छौँ ।

तपाईंहरू सर्वसम्मत नेतृत्वको कुरा गरिरहनुभएको छ तर अध्यक्षदेखि पदाधिकारीसम्ममा प्रतिस्पर्धी देखि इसकेका छन् । कसरी हुन्छ सर्वसम्मति ?

-    स्थानीय र प्रदेश तहमा नेता, कार्यकर्ताले देखाउनुभएको उदारता, एकता र सर्वसहमतिले केन्द्रमा पनि पक्कै सकारात्मक प्रभाव पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ । कसैले कुनै पदमा आकांक्षा देखाउनु र दाबी गर्नु स्वाभाविक हो । यो उसको अधिकार पनि हो लोकतन्त्रमा । तर, अहिलेको पार्टीको आवश्यकता र अवस्था एकताबद्ध भएर, सर्वसम्मत रूपमा एकजुट भएर नेतृत्व चयन गर्नु हो । यसबारे हाम्रा नेता र प्रतिनिधिहरू राम्रैसँग जानकार हुनुहुन्छ ।

विगतमा महासचिव, वरिष्ठ उपाध्यक्षलगायत पदमा रहिसक्नुभएका कामरेडहरूले एक तह माथि बसेर युवा, सैद्धान्तिक निष्ठा र तेज भएका, सबैको भावनाअनुसार काम गर्न सक्ने, वैचारिक प्रस्टता भएका र मुख्यमन्त्रीसमेत भइसकेका, केन्द्रीय मन्त्रीको समेत जिम्मेवारी पाइसकेका शंकर पोखरेललाई महासचिवमा सर्वसम्मत गराउन सके पार्टीको र मुलुकको लागि हित हुनेछ ।

अर्को कुरा,  तल्लो तहका अधिवेशनको दबाब, उपस्थित प्रतिनिधिको प्रभाव र दबाब पनि केन्द्रीय महाधिवेशनमा अवस्य पर्ला र यसकै आधारमा केन्द्रीय नेतृत्व सर्वसहमतिबाट नेतृत्व चयन गर्न बाध्य हुनेछ भन्ने मलाई लाग्छ ।

तपाई र समग्र लुम्बिनी प्रदेश अबको एमाले नेतृत्वमा खास गरी अध्यक्ष र महासचिवमा कसलाई देख्न चाहनुहुन्छ, भन्न मिल्छ ?

-    एमालेको आजको अवस्था, विगतको नेतृत्वको कुशलता, आवश्यकता आदिका आधारमा पनि हामीले केपी शर्मा ओलीलाई नै अध्यक्षको जिम्मेवारी सुम्पिनुपर्ने अवस्था देखिन्छ । उहाँलाई नै सर्वसम्मत गराउन पनि सहज हुनेछ भन्ने लाग्छ । किनभने हामीले नेतृत्व सर्वसम्मत नै चयन गर्नुपर्ने अवस्था पनि छ ।

अब महासचिवको सन्दर्भमा भन्दा विगतमा महासचिव, वरिष्ठ उपाध्यक्षलगायत पदमा रहिसक्नुभएका कामरेडहरूले एक तह माथि बसेर युवा, सैद्धान्तिक निष्ठा र तेज भएका, सबैको भावनाअनुसार काम गर्न सक्ने, वैचारिक प्रस्टता भएका र मुख्यमन्त्रीसमेत भइसकेका, केन्द्रीय मन्त्रीको समेत जिम्मेवारी पाइसकेका शंकर पोखरेललाई महासचिवमा सर्वसम्मत गराउन सके पार्टीको र मुलुकको लागि हित हुनेछ ।

तपाईं आफ्नो योजना वा इच्छाचाहिँ के छ यस पटकको महाधिवेशनमा ?

-    मेरो व्यक्तिगत कुरा भन्ने नहुनेरहेछ पार्टीका सन्दर्भमा । पार्टीले र कार्यकर्ताले के चाहन्छन्, त्यही अनुसार चल्नुपर्ने हुँदोरहेछ । यसर्थ म केन्द्रीय सदस्य भइसकेको हुँदा पार्टी र प्रतिनिधिले चाहेमा पुनः केन्द्रीय सदस्यमै रहने सोचेको छु ।