राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर ८, २०७८

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।