गलत रगत प्रकरण : प्रहरीले उजुरी लिएन

गलत रगत प्रकरण : प्रहरीले उजुरी लिएन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

काठमाडौँ । गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको प्रहरीले उजुरी नलिएका कारण अनुसन्धान अघि बढ्न सकेको छैन । उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले बताए ।

उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको निवेदन दिँदा प्रहरीले उजुरी दिन नमानेको उनीहरूको भनाइ छ । बालिकाका आफन्त सुरेन्द्र साहले भने, 'मैले वकिल नै लिएर जाँदा पनि उजुरी लिन मानेका छैनन्, उपचारमा लापरबाही गर्ने डाक्टरको नामबिनाको उजुरी दिएर हामीलेे कसरी न्याय पाउने ।' एकै व्यहोरामा मेडिकल काउन्सिललगायत अन्य निकायमा उजुरी दर्ता भइसकेको छ । प्रहरीले उजुरी नलिँदा बालिकाको शवको पोस्टमार्टम हुन सकेको छैन । शव अहिले त्रिवि शिक्षण अस्पतालमा अलपत्र छ । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।