उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर ९, २०७८

 काठमाडौँ । आज बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहनेछ ।

 शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।