प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : इन्स्पेक्टरदेखि कार्यालय सहयाेगीसम्म केमा कति ?

प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर : इन्स्पेक्टरदेखि कार्यालय सहयाेगीसम्म केमा कति ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७८

नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचीकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । 

सबैभन्दा बढी प्रहरी जवानका लागि एक हजार ९७१ कोटा छ । प्रहरी जवानमा एक हजार ६३ खुलातर्फ पदपूर्ति हुनेछ भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

यसैगरी १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ, जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचीकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ ।

१९ फागुनदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।