चौथो पटक फाइनलमा भिड्दै चेन्नई र मुम्बई

चौथो पटक फाइनलमा भिड्दै चेन्नई र मुम्बई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २९, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । यी दुई टोली चौथो पटक फाइनलमा भिड्न लागेका हुन् ।

यी दुई टोलीबीच सर्वप्रथम सन् २०१० मा फाइनल भएको थियो । उक्त खेल चेन्नई सुपर किंग्सले जितेको थियो । तर, त्यसयता भएका दुई फाइनलमा मुम्बईले बाजी मारेको थियो । सन् २०१३ र सन् २०१५ को फाइनल मुम्बले जितेको थियो ।

मुम्बईले सन् २०१७ मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको राइजिङ पुणे जाइन्टलाई फाइनलमा पराजित गरेको थियो ।

कसले मार्ला बाजी ?

यी दुई टोलीले चालू सिजनको समूह चरण शीर्ष दुईमा रहँदै टुंग्याएका थिए । त्यसकारण दुवै टिम सशक्त मानिएका छन् । गत सिजनको विजेता टिम चेन्नईको सशक्त पक्ष महेन्द्र सिंह धोनीको कप्तानी र बलिङ हो भने मुम्बईको ब्याटिङ । यस्तै, मुम्बईको बलिङलाई पनि खराब भन्न मिल्दैन ।

हेड टु हेडमा भने मुम्बई अघि छ । मुम्बईले चालू सिजनमा चेन्नईसँग खेलेका तीन खेलमा जित निकालेको छ ।

तर, आँकडा जुन टिमको पक्षमा भए पनि खेलमा कुन टिमले बाजी मार्छ भन्न गाह्रो छ ।