एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७८

नेकपा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबारदेखि सुरु हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । 

सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।

कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजकसमेत रहेका ढकालले ढकालले भने, ‘मेरो मात्र होइन, कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होऊँ भन्ने छ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यस कारण म सचिवको उम्मेदवार हुँ ।’