प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् । 

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । 

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।